२०८१ श्रावण १२

संसद् भवन अगाडि प्रदर्शन, एक दर्जन बढी पक्राउ
  • लुम्बिनी खोज
  • २०८० जेष्ठ ३२, बिहीबार ०८:०१ गते

काठमाडौ, ३२ जेठ ।

मानव अधिकार तथा शान्ति समाजले नक्कली भुटानी शरणार्थी प्रकरणमा संलग्न शीर्ष नेतासहित मुख्य दोषीहरूलाई कारबाही गर्न माग गर्दै  प्रदर्शन गरेको छ ।

संघीय संसद् भवनको ३ नम्बर गेट रहेको पानी ट्याङ्की अगाडि प्रदर्शन गर्दा १६ जना पक्राउ समेत परेका छन् । नक्कली भुटानी शरणार्थी प्रकरणमा काठमाडौँ जिल्ला अदालतमा थुनछेक बहस जारी रहेको छ ।  न्यायाधीश प्रेमप्रसाद न्यौपानेको इजलासमा विगत एक सातादेखि बहस जारी छ ।   प्रतिवादीका तर्फबाट थुनछेक बहस भएपछि सरकारी वकिलले जवाफ दिनेछन् । बहस सकिएपछि थुनछेकबारे आदेश जारी हुनेछ ।