२०८१ श्रावण १२

लुम्विनीको बजेट ४० अर्ब ४७ करोड ९७ लाखको (पूर्णपाठसहित)
  • लुम्बिनी खोज
  • २०८० असार १, शुक्रबार १३:०० गते

बुटवल १ असार।
लुम्बिनी प्रदेश सरकारले ४० अर्ब ४७ करोड ९७ लाख बराबरको बजेट प्रदेश सभामा प्रस्तुत गरेको छ ।
प्रदेश सरकारका आर्थिक मामिला मन्त्री धनबहादुर मास्की रानाले शुक्रबारको प्रदेश सभा बैठकमा आगामी आर्थिक वर्ष २०८०र८१ का लागि उक्त बजेट सार्वजनिक गरेका हुन् ।
शिक्षा, स्वास्थ्य, कृषि, पर्यटन र रोजगारीलाई प्राथमिकतामा राखेर बजेट ल्याइएको छ ।

उक्त बजेटमध्ये चालु खर्चतर्फ १३ अर्ब ६३ करोड ३० लाख ९९ हजार (३३.६८ प्रतिशत ) र पूँजीगततर्फ २३ अर्ब २५ करोड ६९ लाख (५७.४५ प्रतिशत) रहेको छ ।

यस्तै वित्तीय हस्तान्तरणतर्फ ३ अर्ब ५८ करोड ९७ लाख (८.८७ प्रतिशत) रहने अनुमान गरिएको छ ।आगामी वर्ष आन्तरिक राजश्वबाट ६ अर्ब ७३ करोड ५१ लाख, संघबाट प्राप्त हुने राजश्व बाँडफाँटबाट ११ अर्ब ३१ करोड ७४ लाख, संघबाट प्राप्त हुने रोयल्टी २९ करोड, स्थानीय तहबाट बाँडफाँट भइ प्राप्त हुने राजश्व २ अर्ब ५० करोड ३० लाख रुपैयाँ प्राप्त हुने अनुमान गरिएको छ।

चालु वर्ष २०७९र०८ मा ४२ अर्ब ६३ करोड ५७ लाख रुपैयाँको बजेट आएको थियो। तर, यो पटक २ अर्ब १५ करोड कम बजेट आएको छ।

FY-2080-81-Budget-Final-Version1.pdf