२०८१ श्रावण १२

नेप्से ५२ अंकले वृद्धि
  • लुम्बिनी खोज
  • २०८० असार ३, आईतवार १०:४७ गते

बुटवल ३ असार ।
साताको पहिलो कारोबार दिन आइतबार नेप्से परिसूचक ५२ अंकले बढेको छ। केही दिनयता लगातार बढ्दै गरेको नेप्सेमा आइतबार एकैदिन ५२ अंकमाथिको वृद्धि भएको छ । ५२.२६ अंकले बढेर नेप्से दुई हजार ९४.३३ विन्दुमा कायम भएको छ। आज दुई सय ८० कम्पनीका एक करोड २० लाख ९५ हजार नौ सय ६६ कित्ता सेयर चार अर्ब ८६ करोड ९१ लाख ८४ हजार रुपैयाँबराबरमा खरिद–बिक्री भए।