२०८१ आश्विन २९
बुटवल ४ असार ।
लगातार ९ कारोबार दिनसम्म बढेको सेयर बजारमा सोमबार झिनो अंकको ‘करेक्सन’ भएको छ । परिसूचक नेप्से २.९ अंक घटेर २०९१ अंकमा कायम भएको हो । दिनभर कुल ४ अर्ब ७४ करोड रुपैयाँको धितोपत्र कारोबार भयो । हिजो ४ अर्ब ८६ करोडको कारोबार भएको थियो ।
१५ जेठमा आएको बजेटपछि पूँजीगत लाभकरको विषयले प्रभावित बनेको बजार परिसूचक नेप्से २३ जेठयताको लगातार ९ कारोबार दिन वृद्धि हुँदा आइतबार २ फागुन २०७९ यातकै उच्च विन्दुमा पुगेर बन्द भएको थियो । पछिल्लो ९ कारोबार दिनमा लगातार वृद्धि हुँदा १९२.३४ अंकले वृद्धि भएको नेप्सेमा सोमबार १० औं दिनमा आएर करिब ३ अंकको सामान्य गिरावट भएको हो ।