२०८१ श्रावण १२

जन्ती बोकेको जिप दुर्घटनामा चार पुरुष र एक महिलाको मृत्यु
  • लुम्बिनी खोज
  • २०८० असार ८, शुक्रबार ०४:११ गते

बुटवल,८ असार ।

गोरखामा जन्ती बोकेको जिप दुर्घटना हुँदा पाँच जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा चार पुरुष र एक महिला रहेका छन् । दुर्घटनामा परी १२ जना घाइते भएको गोरखा प्रहरीले जानकारी दिएको छ ।

सहिद लखन–३ चिलिङकोटबाट बेहुली लिएर सहिद लखन–५ ताक्लुङबाट फर्किँदै गरेको ०१–०२३च ४४ २७ नम्बरको जिप गए राति दुर्घटनामा परेको हो । गोरखा प्रहरीका अनुसार घट्ना लगत्तै जिल्लाबाट डिएसपी लामिछानेको नेतृत्वमा प्रहरी टोली घट्नास्थलमा गएको थियो । अहिले प्रहरी, नेपाली सेना, सशस्त्र प्रहरी र स्थानीयले घाइतेको उद्धार गरिरहेका छन् । मृतकको पहिचालन खुल्न नसकेको डिएसपी लामिछानेले बताए ।  जिप सडकबाट झण्डै दुई सय मिटर तल खसेको बताइएको छ ।