२०८१ श्रावण १२

गाई फार्मको सार्वजनिक सुनुवाई
  • लुम्बिनी खोज
  • २०८० असार ९, शनिबार १४:२२ गते

बुटवल, ।
रूपन्देहीको तिलोत्तमा ९ जीवमार्ग स्थित गोबर्धन गाई फार्म प्रा.लि.को सार्वजनिक सुनुवाई कार्यक्रम आज सम्पन्न भएको छ ।
नेपाल सरकार कृषि तथा पशुपंक्षी विकाश मन्त्रालयको लाइभस्टक सेक्टर इनोवेशन आयोजना (एन एल एस आई पी) को पूरक अनुदान सहयोग प्राप्त “स्वच्छ दुध उत्पादनको लागि व्यवसायिक गाई पालन” उप आयोजनाबीच सम्झौता भई हालसम्मका गतिविधि बारे सो अवसरमा जानकारी गराइएको थियो ।

फार्मका सञ्चालक घनश्याम पाण्डेयको अध्यक्षतामा भएको सार्वजनिक सुनुवाई कार्यक्रममा हालसम्म फार्मले गरेका गतिविधि र खर्चको विवरण फार्मका व्यवस्थापक भरतराज पाण्डेयले सार्वजनिक गरे ।
गोमा शर्माको सञ्चालनमा भएको कार्यक्रममा बोल्दै तिलोत्तमा –९ का वडाध्यक्ष धु्रव न्यौपानेले नगरपालिकाको तर्फबाट पनि कृषि तथा पशु विकासका लागि सहयोगका कार्यक्रम रहेको जानकारी दिए ।

कार्यक्रममा युवा कृषि उद्यमी भेषराज पाण्डेय, विश्वशान्ति विद्यालयका प्रधानाध्यापक डोलराज पाण्डेय, स्थानीय प्रतीक गाई फार्मका सञ्चालक लिलानाथ पाठक, हुमा इण्टिग्रेटेड लाइभस्टकका सञ्चालक अर्जुन पाण्डेय, थारू भैंसी फार्मका सञ्चालक गौतम प्रसाद चौधरी लगायतले कृषि विकसबाटै राष्ट्रिय विकास हुने बताएका थिए ।