२०८१ श्रावण १२

लुम्बिनी साँस्कृतिकको बजेट ८२ करोड ९९ लाखको
  • लुम्बिनी खोज
  • २०८० असार १०, आईतवार १२:२० गते

लुम्विनी १० असार ।
रुपन्देहीको लुम्बिनी साँस्कृतिक नगरपालिकाले निति,कार्यक्रम तथा बजेट प्रस्तुत गरेको छ । नगरपालिकाको ११ औँ नगरसभाले आगामी वर्ष २०८०।०८१ लागी ८२ करोड ९९ लाख ५० हजार बजेट विनियोजन गरेको हो । जसमा संघको समानीकरण अनुदान तर्फ १७ करोड ३१ लाख, सशर्त अनुदान तर्फ ३४ करोड ३२ लाख राजश्व बाँडफाड तर्फ १४ करोड ४१ लाख ९७ हजार समपुरक अनुदान तर्फ १ करोड ३० लाखको अनुमान गरिएको छ ।
यस्तै,प्रदेश सरकार समानीकरण अनुदान तर्फ १ करोड ३१ लाख ६७ हजार, शर्सत अनुदान १ करोड ११ लाख ५० हजार,राजश्व बाँडफाड तर्फ ७८ लाख ३४ हजार अनुमान गरिएको छ भने आन्तरिक स्रोत ३ करोड ४६ लाख ३७ हजार, प्रदेश सरकारबाट समपुरक अनुदान १ करोड ५० लाख रहेको छ । साथै,गत वर्षको अल्या बैँक मौज्दात ३ करोड, सडक बोर्ड तर्फ ४० लाख गरि आगामी वर्ष २०८०÷०८१ लागी ८२ करोड ९९ लाख ५० हजार बजेट विनियोजन गरिएको नगरपालिकाले जनाएको छ ।
आ.व २०७९।०८०को असार १० गते सम्म आईपुग्दा कुल बजेटको ४५.१३ प्रतिशत पुँजीगत खर्च र ७६.७८ प्रतिशत चालु तर्फ खर्च भएको जनाईएको छ ।
नगरपालिकाको ११ औँ नगरसभाले आगामी वर्ष २०८०।०८१ लागी प्र्रस्तुत गरेको निति तथा कार्यक्रम पारित भएको छ । नगरपालिका मेयर सजरुद्धिन मुसलमानले प्रस्तुत गरेको निति कार्यक्रममा शिक्षा,स्वास्थ्य,कृषि,पुर्वाधार,धार्मिक र पर्यटन क्षेत्रलाई प्राथमिकता दिईएको उल्लेख छ ।