२०८१ मंसिर १
बुटवल, १७ असार ।
शनिबार रातिदेखि पहिराेले अवरुद्ध भएको नारायणगढ मुग्लिन सडकखण्ड आइतबार साँझ पाैने ६ बजेपछि सञ्चालनमा आएको छ ।
इच्छाकामना गाउँपालिका-५ तुइन खाेलामा नारायणगढतर्फकाे भागमा खसेको पहिरोले सडक अवरुद्ध भएको थियो । आइतबार दिनभर एक्साभेटरले पहिरो जाँदा खसेको ढुंगा माटो फालेपछि सडक सञ्चालनमा आएको हो ।
सडक खुलेपछि शनिबार रातिदेखि सडकमा अलपत्र गाडीहरु गन्तव्यतर्फ जान थालेका जिल्ला प्रहरी कार्यालय चितवनले जानकारी दिएको छ ।