२०८१ आश्विन ६

नवीनमा कक्षा ११ को वार्षिक परीक्षामा उत्कृष्ट विद्यार्थीहरुलाई सम्मान
  • लुम्बिनी खोज
  • २०८० असार २५, सोमबार ०२:३८ गते

बुटवल २५ असार ।
बुटवल स्थीत नवीन औद्योगिक कदर बहादुर रीता मा.वि. देवीनगरमा कक्षा ११ को वार्षिक परीक्षामा उत्कृष्ट विद्यार्थीहरुलाई आइतवार विद्यालयमा सम्मान गरिएको छ ।
कार्यक्रमा लुम्विनी प्राविधिक विश्वविद्यालय लुम्विनी प्रदेशका उपकुलपति एवं विद्यालयका भिजिटिङ प्रोफेसर प्रा.डा. विनोद ढकालले विद्यालयले राष्ट्रिय रुपमा आफ्नो पहिचान कायम राख्न सफल भएकोमा यसलाई थप व्यवस्थित गर्दै जान र विद्यालयको सफलताको लागि अभिभावक, शिक्षक र विद्यार्थीहरु वीच प्रभावकारी समन्वय हुनु पर्नेमा जोड दिए ।
संचारिका समूह लुम्विनी प्रदेशका अध्यक्ष एवं नेपाल पत्रकार महासंघ रुपन्देहीकी उपसभापति अमृता अनमोलले विद्यार्थीहरुले सबै भन्दा माथि आफुलाई राखेर अगाडी बढ्नु पर्ने साथीहरु क्षणिक र गौण हुने भएकोले विद्यार्थीहरु लगनशिल र प्रतिवद्व भएर अब्बल हुने प्रयास गर्न आग्रह गरिन्।
उक्त अवशरमा विद्यालयका प्रधानाध्यापक प्रेम बहादुर बस्नेतले शैक्षिक सत्र २०७९ मा कक्षा ११ को वार्षिक परीक्षामा विद्यालयमा विज्ञान, सिभिल इन्जिनियरिङ, व्यवस्थापन, कानुन र शिक्षा समुहमा अध्ययन गरी ९० प्रतिशत भन्दा बढी अंक ल्याउने व्यवस्थापन समुहका राहुल भण्डारी र शिभिल इन्जिनियरिङका प्रवीन अधिकारीलाई जनही दश हजार, विज्ञान समूहका धन्यवाद चौधरी,अंकिता पराजुली, कानुन समुहकी रुक्सा अर्याल, व्यवस्थापन समूहकी मेलिना फुल्लेल, पवन पन्थ, सिभिल इन्जिनियरिङकी रमा थामीले जनही पाँच हजार र विज्ञान, व्यवस्थापन, सिभिल इन्जिनियरिङ र कानुन समूहका १६ जनाले दुइ हजार पाँचसयका दरले नब्वे हजार चेक तथा पुरस्कार वितरण गरिएको जानाकारी दिएका छन । चेक तथा पुरस्कार प्रा.डा. विनोद ढकाल र संचारिका समूहकी अध्यक्ष अमृता अनमोलले वितरण गरेका थिए ।
विद्यालय व्यवस्थापन समितिका अध्यक्ष कृष्ण प्रसाद खरेलको अध्यक्षतामा कक्षा १२ विज्ञान समूहकी विद्यार्थी अंकिता पराजुलीको संचालनमा सम्पन्न कार्यक्रममा विद्यालय व्यवस्थापन समितिका सदस्य राजेन्द्र ढकाल, सहायक प्रधानाध्यापक अर्जुन खनाल, विज्ञान समूह इन्चार्ज लक्ष्मी नारायण चौधरी लगायतले धारणा राखेका थिए ।
विद्यालयमा शैक्षिक सत्र २०७९ को इमिक्स अनुसार ४ हजार एक सय तेह्र जना विद्यार्थीहरु रहेका छन् । शैक्षिक सत्र २०८० मा कक्षा ११ को भर्ना कार्यक्रममा विज्ञान, व्यवस्थापन,सिभिल इन्जिनियरिङ, कानुन र शिक्षा समुहको छात्रवृत्ति छनोट परीक्षा यहि असार २८ गते २ बजे हुने भएको र भर्ना फाराम वितरण भइरहेकोले २०८० को विद्यार्थी संख्या एकिन नभएको प्रधानाध्यापक बस्नेतले बताए ।