२०८१ श्रावण १२

मोडेल फार्म स्थापनाको लागि अधिकृतस्तरमा गोष्ठी
  • लुम्बिनी खोज
  • २०७८ पुष १६, शुक्रबार १५:५० गते

बुटवल ।
मोडेल फार्म स्थापनाको लागि अधिकृतस्तरमा अभिमुखीकरण गोष्ठी बुटवलमा गरिएको छ । लुम्विनी प्रदेशको कृषि खाद्य प्रविधी तथा भुमि व्यवस्था मन्त्रालय अन्र्तगत कृषि विकास निर्देशनालय बुटवलको आयोजनामा ‘मोडेल फार्म स्थापनाको लागि प्रदेशका अधिकृत स्तरको अभिमुखिकरण गोष्ठी’ सम्पन्न भएको हो ।
कार्यक्रममा कृषि विकास निर्देशनालयका प्रमुख याम नारायण देवकोटाले प्रदेशमा निर्देशनालयले अगाडी बढाएका कार्यक्रम तथा कृषि क्षेत्रका विकासका बारेमा धारणा राखेका थिए ।
कार्यक्रममा मन्त्रालयका महाशाखा प्रमुख अमरराज शर्मा घिमिरेले नमुना कृषि कार्यालय किन र कसरी भन्नेबारेमा प्रस्तुती राखेका थिए । कृषि ज्ञान केन्द्र नवलपरासीका प्रमुख सन्देश धितालले नमुना फार्म योजना तथा तयारीका बारेमा प्रस्तुती राखेका थिए ।
गोष्ठीमा कृषि ज्ञान केन्द्र, एकिकृत कृषि कार्यालयका प्रमुख तथा अधिकृतहरुले जिल्लाका कार्यलयको हरित स्वमसेवकहरुले स्थापना गरेको मोडेल फार्मको विषयमा धारणा राखेको निर्देशनालयका अधिकृत दयाराम वस्यालले बताए ।
कार्यक्रममा कृषि विकास निर्देशनालय बुटवलका वरिष्ठ कृषि प्रसार अधिकृत रामप्रसाद पाण्डे, कृषि प्रसार अधिकृत आशा भण्डारीलगायतले कार्यक्रमका बारेमा चर्चा गरेका थिए ।