२०८१ माघ ३

प्रधानमन्त्री प्रचण्डकी पत्नी सीता दाहालको निधन
  • लुम्बिनी खोज
  • २०८० असार २७, बुधबार ०९:४८ गते

काठमाण्डौं २७ असार ।
नेकपा माओवादी केन्द्रका अध्यक्ष एवं प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डकी जीवनसंगिनी सीता दाहालको निधन भएको छ । उनको आज बिहान ८.३३ बजे असामयिक निधन भएको हो ।

थापाथलीस्थित नर्भिक अन्तर्राष्ट्रिय अस्पतालमा उपचारका क्रममा ६९ वर्षको उमेरमा दाहालको आज बिहान निधन भएको हो ।

दाहाल पार्किन्सन रोगका कारण लामो समयदेखि अस्वस्थ थिइन् । उनलाई स्वास्थ्यमा समस्या देखिएपछि नर्भिक अस्पताल भर्ना गरिएको थियो । दाहाल माओवादी केन्द्रको सल्लाहकारसमेत हुन् ।