२०८२ जेष्ठ ३
काठमाडौ,२९ असार।
राष्ट्रिय सभाको आजको बैठकले आर्थिक विधेयक, २०८० पारित गरेको छ।
अर्थमन्त्री डा प्रकाशशरण महतले राष्ट्रियसभाको आजको बैठकमा ‘प्रतिनिधिसभाबाट सुझावसहित प्राप्त उक्त विधेयक २०८० लाई मूलरूपमै सुझावबिना पारित गरी प्रतिनिधिसभामा फिर्ता पठाइयोस्’ भन्ने प्रस्ताव पेस गरेको विधेयक बहुमतले पारित गरेको हो।
आर्थिक विधेयक राष्ट्रिय सभाबाट संशोधन बिना मूल रुपमै पारित भएको छ। राष्ट्रिय सभाका सांसदहरुले सुर्तीजन्य वस्तुमा कर बढाउने प्रस्ताव पेस गर्नुभए पनि उक्त प्रस्ताव अस्वीकृत भएको थियो।