२०८१ श्रावण १२

त्रिभुवन विमानस्थलबाट ठूलो परिमाणमा सुन बरामद
  • लुम्बिनी खोज
  • २०८० श्रावण ३, बुधबार १७:२० गते

बुटवल ३ साउन ।

राजस्व अनुसन्धान विभागले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट एक क्विन्टल सुन बरामद गरेको छ। हङकङबाट आएको सुनसहित विभागको टोलीले एजेन्ट र भरियालाई पक्राउ गरेको हो।

सुन ट्याक्सीमा राखेर एयरपोर्टबाट बाहिरिने क्रममा विशेष सूत्रको सूचनाका आधारमा विभागले सुनसहित दुईजनालाई पक्राउ गरेको हो। यो अपरेसन बुधबार बिहान ११ बजेतिरको हो।

अध्यागमन र प्रहरीबाट समेत सुन पास गरेर अघि बढिसकेको अवस्थामा विभागले नियन्त्रणमा लिएको हो। दुवैजनालाई विभागले नियन्त्रणमा लिएर अनुसन्धान गरिरहेको छ। यो विभागको इतिहासकै ठूलो अपरेसन हो।