२०८१ श्रावण १२

नवीनमा विज्ञान समुहका विद्यार्थीहरुको अभिमुखीकरण
  • लुम्बिनी खोज
  • २०८० श्रावण ७, आईतवार ०८:५६ गते

बुटवल साउन ७,
नवीन औद्योगिक कदर बहादुर रीता मा।वि। देवीनगरमा विज्ञान समुहका विद्यार्थीहरुको अभिमुखीकरण कार्यक्रम आइतवार सम्पन्न भएको छ ।
उक्त अभिमुखीकरण कार्यक्रममा उत्प्रेरक वक्ता डा। आविष्कार पराजुलीले विद्यार्थीहरुले सपना देख्न सिक्नु पर्यो जसमा समय व्यवस्थापन, प्रतिवद्वता र अध्ययनशिल प्रविधिको प्रयोग तथा कर्म प्रद्यान भएकोमा जोड दिन आग्रह गरे ।

विद्यालय व्यवस्थापन समितिका अध्यक्ष कृष्ण प्रसाद खरेलको अध्यक्षतामा कक्षा १२ विज्ञान समुहकी छात्रा अंकिता पराजुलीको संचालनमा सम्पन्न कार्यक्रममा विद्यालयका प्रधानाध्यपाक प्रेम बहादुर बस्नेतले विद्यालयमा भएका विद्यालय सुधारका चार वटा जसमा भौतिक, व्यवस्थापकीय, आर्थिक र शैक्षिक लगायत अन्य पक्षहरुमा सहजीकरण गरेका थिए ।
विद्यालयका सहायक प्रधानाध्यापक अर्जुन खनालले विद्यार्थी आचारसंहिता २०८० का बारेमा सहजीकरण गरेका थिए । विज्ञान समूहका इन्चार्ज लक्ष्मी नारायण चौधरीले विज्ञान समुहमा पठनपाठन हुने विषयहरु एवं योजनाहरुका सम्बन्धमा सहजीकरण गरेका थिए ।
उक्त अवशरमा विद्यालय व्यवस्थापन समितिका सदस्य कमला भण्डारी ज्ञवाली, सदस्य राजेन्द्र ढकाल, अंग्रेजी विषयका विभागीय प्रमुख राजन अधिकारी, अंग्रेजी विषय शिक्षक काशीराज कार्की, अभिभावकको तर्फबाट मोहन कुमार वि।क। नवीन क्लवकी अध्यक्ष जुना परियार लगायतले धारणा राखेका थिए ।

कार्यक्रममा कक्षा १२ का विद्यार्थी प्रसना बलाल मगर, अर्चु खाम्चा मगर लगायतले रोचक नृत्य प्रस्तुत गरेका थिए ।
विद्यालयमा विज्ञान, सिभिल इन्जिनियरिङ, व्यवस्थापनमा होटल व्यवस्थापन, कम्प्युटर लगायत कानुन र शिक्षा समूह अध्यापन हुदै आएको छ ।