२०८१ मंसिर १

होटल व्यवस्थापन पुर्नताजगी तालिम
  • लुम्बिनी खोज
  • २०८० श्रावण ८, सोमबार ०७:५९ गते

बुटवल ८ साउन ।
रुपन्देही उद्योग संघ र इन्स्योर परियोजनाको सकार्य, होटल तथा रेष्टुरेण्ट व्यवसायी संघको समन्वय र एशियन स्कुल अफ टुरिजम एण्ड होटल म्यानेजमेन्ट प्रा.लि. को संचालनमा बुटवल क्षेत्रका होटल व्यावसायमा कार्यरत पेशाकर्मीहरुको सीप अभिवृद्धिका लागि साउन ७ गतेदेखि ९ दिने (४५ घण्टे) होटल व्यावस्थापन पुर्नताजगी तालिम आइतवार देखि शुरु भएको छ ।
कार्यक्रममा वोल्दै उद्योग संघका अध्यक्ष माधब प्रसाद पौडेलले होटल व्यावस्थापन पुर्नताजगी तालिमका प्रशिक्षार्थीहरुलाई सिकाइ स्तर प्रभावकारी वनाउन र अधिकतम सिप अभिवद्धि गरी व्यवहारमा उतार्न सहभागिहरुको सक्रिय सहभागिता रहनुपर्ने बताए । होटल व्यावसायको आम्दानी बृद्धि र पर्यटन व्यावसायमा टेवा पु¥याउन आग्रह गर्दै उनले तालिमवाट प्राविधिक दक्षता अभिवृद्धि भई व्यावसायमा उत्पादकत्वमा बृद्धि हुने र बिस्तारै स्वरोजगारीको विकास गर्ने उद्देश्यले सिप अभिवृद्धि तालिमहरु लुम्विनी प्रदेशका विभिन्न ठाउमा आयोजना गरेको बताए । होटल तथा रेष्टुरेण्ट व्यवसायी महासंघका केन्द्रीय सदस्य महेन्द्र प्रसाद श्रेष्ठले सिपयूक्त प्राविधिक श्रम शक्तिको विकास गरी स्वरोजगार बनाउने कार्यलाई सहजीकरण गर्न सहयोग पुग्ने महत्वपूर्ण तालिम संचालनका लागि आर्थिक सहयोग गर्ने रुपन्देही उद्योग संघ, सिप बिकास इकाई र इन्स्योर परियोजनालाई धन्यवाद ज्ञापन गरे ।
होटल व्यावसायी तथा रेष्टुरेन्ट व्यावसायी संघका अध्यक्ष लेखनाथ भण्डारीले तालिमको सिकाई स्तर प्रभावकारी हुनुपर्ने , समयको विकासक्रम सँग संगै नयाँ सिपको बारेमा चासो राख्दै परिमार्जित हुनुपर्ने तथा व्यावसायमा दक्ष जनशक्तिका लागि यस्ता सिप विकासका तालिमको महत्वपूर्ण योगदान रहेको बताए ।
कार्यक्रममा होटल तथा रेष्टुरेन्ट व्यावसायी संघका वरिष्ठ उपाध्यक्ष माधव खनाल, संघका शिक्षा तथा तालिम संयोजक माधव ढकाललगायतले धारणा राखेको कार्यक्रममा सहजीकरण रुपन्देही उद्योग संघका कार्यक्रम संयोजक खिमानन्द रिजालले गरेका थिए । कार्यक्रमको संचालन संघका महासचिव अर्जृुन थापाले गरेका थिए । उक्त तालिमवाट विभिन्न होटल व्यावसायमा कार्यरत २० जना लाभान्वित हुने उद्योग संघका प्रमुख कार्यकारी अधिकृत यादव प्रसाद भण्डारीले जनाएका छन ।