२०८१ श्रावण १२

नवीनले गर्‍यो क्यान्सर पिडित विद्यार्थीलाई सहयोग
  • लुम्बिनी खोज
  • २०८० श्रावण ९, मंगलवार १६:०९ गते

बुटवल ९ साउन
नवीन औद्योगिक कदर बहादुर रीता मा.वि. देवीनगरमा कक्षा ६ मा अध्ययनरत ब्लड क्यान्सर पिडित विद्यार्थीलाई विद्यालयले आर्थिक सहयोग गरेको छ ।
ताराखोला गाउँपालिका अर्गल बाग्लुङ्ग स्थायी घर भइ हाल बुटवल उपमहानगरपालिका न्यु दुर्गा नगर बस्ने वीरमाया रोका मगरका छोरा विद्यालयमा कक्षा ६ मा अध्ययनरत छात्र हिरा बहादुर शर्मालाई विद्यालयले सहयोग गरेको हो । विद्यालयमा प्रधानाध्यापक प्रेम बहादुर बस्नेतका अनुसार उनी विगत केही महिना देखि ब्लड क्यान्सर भइ विपी कोइराला क्यान्सर अस्पताल भरतपुरमा उपचाररत छन् ।
निजलाई उपचारमा सहयोग होस् भन्ने उद्वेश्यले विद्यालयमा कार्यरत शिक्षक तथा कर्मचारीहरु र विद्यार्थीहरुबाट संकलन भएको छयालीस हजार दुइ सय पच्चीस विरामीको आमा वीरमाया रोकामगरलाई विद्यालयमा प्रधानाध्यापक बस्नेतले मंगलवार हस्तान्तरण गरे ।