२०८१ श्रावण १२

दुर्वाषाको १२ औं साधारण सभा
  • लुम्बिनी खोज
  • २०७८ पुष १७, शनिबार १६:२६ गते
बुटवल । बुटवल स्थीत दुर्वाषा बचत तथा ऋण सहकारी संस्था लि. को १२ औं वार्षिक साधारण सभा शनिवार सम्पन्न भएको छ ।
साधारण सभामा विभिन्न प्रतिवेदन माथि छलफल भएको थियो । कार्यक्रममा सहकारीका अध्यक्ष ईश्वरीप्रसाद पोखरेलले वार्षिक प्रतिवेदन प्रस्तुत गर्दै सहकारीले गरेका कामका बारेमा चर्चा गरेका थिए । त्यस्तै लेखा समितिका संयोजक हरिप्रसाद घिमिरेले लेखा समिति र कोषाध्यक्ष गोपाल घिमिरेले कोषाध्यक्षको प्रतिवेदन पेश गरेका थिए । कार्यक्रममा सहकारीका सदस्य विस्तारमा विशेष योगदान गरेकोमा अध्यक्ष पोखरेल, सचिव राधिका पोखरेल र सदस्य पदम घिमिरेलाई सम्मान गरिएको थियो ।
कार्यक्रममा वोल्दै लुम्विनी प्रदेश सभाका अर्थ, उद्योग तथा पर्यटन समितिका पूर्व सभापति दधिराम न्यौपानेले सहकारी क्षेत्रको चर्चा गर्दै सहकारी क्षेत्रको विकासबाट मुलुकको आर्थिक क्षेत्रमा सकरात्मक प्रभाव पार्ने धारणा राखेका थिए । त्यस्तै उपाध्यक्ष थानेश्वर घिमिरे, सहसचिव ठाकुर घिमिरे, सल्लाहकारहरु युवराज घिमिरे, धर्मराज घिमिरे, रोमनाथ घिमिरे, गोविन्द प्रसाद पन्थी, सहकारीका मन्जु बस्नेत, लुकराज न्यौपानेलगायतले वोल्दै सहकारीका गतिविधिका बारेमा धारणा राखेका थिए ।