२०८१ श्रावण १२

नौ अंकले बढ्यो नेप्से
  • लुम्बिनी खोज
  • २०८० श्रावण १७, बुधबार १०:०६ गते

बुटवल १७ साउन ।
सेयर बजार सामान्य अंकले उकालो लागेको छ। साताको चौथो कारोबार दिन बुधबार बजार परिसूचक नेप्से दिनभर उचारचढाव हुँदा अन्तिम समय नेप्से परिसूचक ९.२५ अंकले बढेर बन्द भएको छ । नेप्से परिसूचक ९.२५ अंकले बढेर दुई हजार ८६.८४ विन्दुमा कायम भएको छ। आज सेन्सेटिभ इन्डेक्स, फ्लोट इन्डेक्स र सेन्सेटिभ फ्लोट इन्डेक्स पनि क्रमशः ०.३९ प्रतिशत, ०.४८ प्रतिशत र ०.४३ प्रतिशतले बढेको छ।

यस दिन दुई सय ६९ कम्पनीका ९३ लाख ३८ हजार कित्ता सेयर किनबेच हुँदा एक अर्ब ८० करोड ३२ लाख ९८ हजार रुपैयाँबराबरको कारोबार भएको छ। मंगलबार एक अर्ब ९२ करोड ४४ लाखबराबरको सेयर कारोबार भएको थियो।