२०८१ श्रावण १२

नवीनमा कक्षा ११ का विद्यार्थीहरुलाई अभिमुखिकरण
  • लुम्बिनी खोज
  • २०८० श्रावण १८, बिहीबार ०९:२३ गते

बुटवल १८ साउन ।
नवीन औद्योगिक कदर बहादुर रीता मा.वि. देवीनगरमा व्यवस्थापन, कानुन र शिक्षा समुहका विद्यार्थीहरुलाई विहिवार अभिमुखिकरण दिइएको छ ।
शैक्षिक सत्र २०८० मा कक्षा ११ मा विज्ञान, सिभिल इन्जिनियरिङ, व्यवस्थापन, कानुन र शिक्षा समुहमा अध्ययन गर्ने विद्यार्थीहरुलाई विद्यार्थी आचार सहिंता, विद्यालयको पठनपाठन, प्रयोगात्मक कक्षा, अतिरिक्त क्रियाकलाप, खेलकुद, अनुशासन, परीक्षा संचालन, पोशाक लगायतका विषयहरुमा अभिमुखीकरण दिइएको हो ।
विद्यार्थी संख्या बढी भएकोले पूर्ण अनुशासनको पालनामा दिगो पठनपाठन गराई गुणस्तरीय शिक्षा प्रदान गर्नुका साथै व्यवहार कुशल सीप संग जोडेर विद्यार्थीको प्रस्तुतिकरणबाट, व्यक्तित्व, नेतृत्व विकास गरी श्रम बजार योग्य व्यावहारिक, परियोजना कार्यमा सामाजिकरण हुन सक्ने श्रम बजार योग्य असल नागरिक बनाउने विद्यालयको उद्देश्य अनुरुप कार्य गरिएको विद्यालयका प्रधानाध्यापक प्रेम बहादुर बस्नेतले बताए । उनका अनुसार उक्त उद्देश्य पुरा गर्न विज्ञान समुहको पहिलो चरणमा र व्यवस्थापन समुह अन्तरगत होटल व्यवस्थापन, कानुन र शिक्षा समूहका विद्यार्थीलाई पहिलो सत्रमा र व्यवस्थापन समुह अन्तरगत होटल व्यवस्थापन वाहेकका विद्यार्थीहरुलाई दोस्रो सत्रमा अभिमुखीकरण दिइएको थियो । विद्यालयका प्रधानाध्यापक बस्नेतको अध्यक्षतामा संचालन पहिलो सत्रको कार्यक्रम कानुन समूह इन्चार्ज अधिवक्ता लोक प्रसाद खरेलको संचालनमा सम्पन्न भएको थियो । कार्यक्रममा शिक्षा समूह इन्चार्ज तथा सहायक प्र.अ. रोमनाथ घिमिरेले स्वागत मन्तब्य व्यक्त गरेका थिए ।


दोस्रो सत्र व्यवस्थापन समूह कक्षा १२ का इन्चार्ज केशवराज पन्थको संचालनमा भएको थियो । कार्यक्रममा व्यवस्थापन समूह कक्षा ११ का इन्चार्ज जयराम पन्थीले स्वागत मन्तब्य व्यक्त गरेका थिए ।
उक्त अवशरमा विद्यालयका प्रधानाध्यापक प्रेम बहादुर बस्नेतले विद्यालयका नीति नियम, भौतिक, शैक्षिक, आर्थिक एवं व्यवस्थापकीय गतिविधिको सहजीकरण गरेका थिए । स.प्र.अ.अर्जुन खनालले विद्यार्थी आचारसहिंता २०८० को सम्बन्धमा सहजीकरण गरेका थिए ।
विद्यालयमा हाल कक्षा ११ मा विज्ञान, सिभिल, इन्जिनियरिङ, कानुन र शिक्षा समूहमा एक हजार एक सय विद्यार्थीहरु अध्ययनरत रहेका छन् । विद्यालयका अनुसार नवीनमा मन्टेश्वरी देखि कक्षा १२ सम्म चार हजार पाँच सय विद्यार्थीहरु अध्ययनरत रहेका छन् ।