२०८१ श्रावण १२

कामदारहरुका लागि तालिम
  • लुम्बिनी खोज
  • २०८० श्रावण १८, बिहीबार १३:१२ गते

बुटवल १८ साउन ।
रुपन्देही उद्योग संघ र इन्स्योर परियोजनाको आर्थिक सहयोगमा बुटवल क्षेत्रका उद्योग प्रतिष्ठानहरुमा कार्यरत पेशाकर्मीहरुको सिप अभिवृद्धिका लागि बुटवल टेक्निकल इन्स्टिच्यूटको संचालनमा २४ दिने (९६ घण्टे) लेथ सेटर अपरेटर तालिम विहिवार शुरु भएको छ ।
वुटवल टेक्नीकल इन्स्टिच्यूटका का.मु.प्रमुख कार्यकारी निर्देशक अभिमन्यू भिर्माजुन पन्थीको अध्यक्षता र रुपन्देही उद्योग संघका अध्यक्ष माधव पौडेलको प्रमुख आतिथ्यतामा तालिमको शुभारम्भ गरिएको थियो ।
तालिमको शुभारम्भ कार्यक्रममा मन्तव्य राख्दै रुपन्देही उद्योग संघका अध्यक्ष माधव पौडेलले सिकेका सिपहरुलाई व्यवहारमा उतार्न र सिपको अधिकतम उपयोग गरी उपलब्धिमुलक बनाउनु पर्ने बताए । क्षमता विकासमा आधारित तालिमवाट प्राबिधिक दक्षता अभिवृद्धि गरी औद्योगिक उत्पादकत्वमा बृद्धि गर्न सिपयुक्त जनशक्तिको उत्पादन गर्न विभिन्न विषयमा विभिन्न ठाउँमा यस्ता तालिमहरुको आयोजना गरी सम्पन्न गरिएको तथा संचालनमा रहेको उनले बताए ।
विभिन्न उद्योग प्रतिष्ठानहरुमा कार्यरत पेशाकर्मीहरुका लागि २४ दिनको ९६ घण्टे लेथ सेटर अपरेटर तालिमको शुभारम्भको अवसरमा वुटवल टेक्नीकल इन्स्टिच्यूटका का.मु.प्रमुख कार्यकारी निर्देशक पन्थीले तालिमको सिकाई स्तर प्रभावकारी भएको वताउँदै अहिलेको यो प्रविधिको जमानामा नयाँ प्रविधिको बारेमा चासो राख्दै परिमार्जित हुनुपर्ने बताए ।
एन्स्योर परियोजना लुम्बिनी प्रदेश प्राविधिक अफिसर सन्तोष अधिकारीले नेपाल सरकारले निर्दिष्ट गरेको सिपयूक्त प्राविधिक सीप विकास गरी स्वरोजगार वनाउने कार्यलाई सहजीकरण गर्न टेवा पु¥याउन सहयोगीको भूमिका निर्वाह गरी तालिम आयोजना गर्ने रुपन्देही उद्योग संघ,सिप विकास इकाई र बुटवल टेक्नीकल इन्स्टिच्यूटलाई धन्यवाद ज्ञापन गरे ।
तालिमको समापन कार्यक्रममा स्वागत मन्तव्य विटीआइका तालिम विभाग प्रमुख राज कुमार थापाले गरेका थिए भने तालिमका रुपन्देही उद्योग संघ, सिप विकास इकाईका कार्यक्रम संयोजक खिमानन्द रिजालको समेत आतिथ्यता रहेको कार्यक्रमको संचालन विटीआइका तालिम संयोजक मनोज भटट्राइले गरेका थिए ।