२०८१ श्रावण १२

ज्ञानेन्द्र मल्लले गरे संन्यासको घोषणा
  • लुम्बिनी खोज
  • २०८० श्रावण १९, शुक्रबार ११:५८ गते

बुटवल १९ साउन ।
नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान ज्ञानेन्द्र मल्लले अन्तर्राष्ट्रिय क्रिकेटबाट संन्यास लिएका छन् । क्रिकेटर मल्लले शुक्रबार पत्रकार सम्मेलनको आयोजना गर्दै संन्यास घोषणा गरेका हुन्।

उनले अन्तर्राष्ट्रिय क्रिकेटबाट संन्यास लिँदै नयाँ यात्रा सुरुवात गरेको र यो आफ्नो बिदाइ नभएको बताए। मल्लको सन् २००५ देखि यू–१५ टोलीबाट खेलयात्रा सुरु गरेका थिए।

उनको अन्तिम खेल २०२३ मा जिम्बाबेको हरारे मैदानमा भएको आइसिसी विश्वकप छनोटअन्तर्गत आयरल्यान्डविरुद्धको खेल रह्ययो। ज्ञानेन्द्रले नेपालका लागि ३७ वटा एकदिवसीय र ४५ वटा टी २० खेलमा एक हजार आठ सय दुई रन बनाएका छन्। २०७६ साल कात्तिकमा उनी नेपाली राष्ट्रिय टोलीको कप्तान बनेका उनले २०७८ मंसिरसम्म कप्तानी सम्हालेका थिए ।