२०८१ श्रावण १२

बुटवल नगर खेलकुद विकास समितिको संयोजकमा पिया मनोनित
  • लुम्बिनी खोज
  • २०८० श्रावण २२, सोमबार ०७:४४ गते

बुटवल,२२ साउन ।
बुटवल उपमहानगरपालिका नगर खेलकुद विकास समितिको संयोजकमा वोनिन पिया मनोनित भएका छन । नगर खेलकुद विकास समिति सञ्चालन कार्यविधि २०७५ बमोजिम बुटवल ८ निवासी पियालाई नगर प्रमुख खेलराज पाण्डेयले संयोजकमा मनोनित गरेका हुन ।
विगतमा सितारियो कराँते, तेक्वान्दो, फुटबल र ब्याडमिन्टनजस्ता खेल प्रतियोगितामा क्रियाशील पियालाई खेलकुद विकास समितिको संयोजकमा मनोनित गर्दै नगर प्रमुख पाण्डेयले बुटवललाई खेलकुदका क्षेत्रमा अग्रणी नगर बनाउने जिम्मेवारी पूरा गर्न आग्रह गरे ।
उनले बुटवलबाट खेलाडी उत्पादन गर्नका लागि चालु आर्थिक वर्षमा नगरभित्रका विद्यालयस्तरीय फुटबल प्रतियोगिता आयोजना गर्ने र आगामी दिनमा अरु खेलकुदका प्रतियोगिताहरु सञ्चालन गरी खेलाडी उत्पादनमा जोड दिनुपर्ने बताए ।
संयोजकमा मनोनित भएपछि संयोजक पियाले बुटवललाई खेल क्षेत्रमा अग्रणी नगर बनाउनका लागि यहाँका खेलाडी, प्रशिक्षक, क्लब र संघसंस्थाहरुलाई साथमा लिएर अगाडि बढ्ने बताए ।
उनले बुटवलका खेलाडीलाई राष्ट्रिय तथा अन्तरराष्ट्रिय स्तरमा प्रतिस्पर्धा गर्नका लागि योग्य बनाउन क्षमता विकासका कार्यक्रम सञ्चालन गर्ने बताए ।
ुखेलाडी उत्पादनका लागि विद्यालय र कलेजस्तरबाटै लगानी गर्नुपर्ने, तालिम दिनुपर्ने र नियमित लागिरहन प्रोत्साहन गर्नुपर्ने देखिन्छ उनले भने यसलाई कुन तहबाट कसरी अगाडि बढाउँदा लाभदायी हुन्छ त्यसअनुसार सबै क्षेत्रको परामर्शका आधारमा कार्यक्रम सञ्चालन गर्नेछौं।