२०८१ श्रावण १२

सेयर बजार २८ अंक घट्यो
  • लुम्बिनी खोज
  • २०८० श्रावण २३, मंगलवार १३:३३ गते

बुटवल २३ साउन ।
मंगलबार सेयर बजारको परिसूचक नेप्से २८.४० अंक घटेको छ । नेप्से २८.४० अंकले घटेर दुई हजार १९.८५ विन्दुमा झरेर कारोबार बन्द भएको छ। आज १९८ कम्पनीको सेयर मूल्य घट्दा २२ कम्पनीको मूल्य मात्रै बढेको छ।

यस दिन ४८ लाख ६० हजार कित्ता सेयर एक अर्ब ७३ करोड ७० लाख रुपैयाँबराबरमा खरिद–बिक्री भएको छ। सोमबार दुई अर्ब ३३ करोड ३५ लाखबराबरको कारोबार भएको थियो।

आज नेप्सेका सबै उपसमूहमा गिरावट आएको छ। व्यापार उपसमूह सबैभन्दा धेरै २.७० प्रतिशतले घट्दा फाइनान्स २.६९ प्रतिशतले घटेको छ। त्यसैगरी, बैंक १.०३ प्रतिशत, विकास बैंक १.७३, होटेल तथा पर्यटन १.५४, हाइड्रोपावर १.७४, जीवन बिमा १.७५ प्रतिशतले घटेको छ।