२०८१ श्रावण १२

पुरक परीक्षाका लागि अभिमुखीकरण, रुपन्देहीमा २२५ विद्यालयका ३ हजार १ सय ३९ परीक्षार्थी, १० केन्द्र
  • लुम्बिनी खोज
  • २०८० श्रावण २४, बुधबार १३:१२ गते

रुपन्देहीमा २२५ विद्यालयका ३ हजार १ सय ३९ परीक्षार्थी, १० केन्द्र

भैरहवा २४ साउन ।
माध्यमिक शिक्षा परीक्षा पुरक (ग्रेडवृद्वि) २०७९ को अभिमुखीकरण शिक्षा विकास तथा समन्वय इकाई रुपन्देहीमा बुधवार सम्पन्न भएको छ ।
उक्त अवशरमा जिल्ला स्तरीय परीक्षा समन्वय समिति रुपन्देहीका अध्यक्ष एवं रुपन्देहीका प्रमुख जिल्ला अधिकारी भरतमणी पाण्डेयले रुपन्देही जिल्लाको एसइईको परीक्षा अनुकरण योग्य भएकोमा प्रशंसा गर्दै पुरक परीक्षालाई पनि मर्यादित, शान्तीपूर्ण र व्यवस्थित रुपमा संचालन गर्न निर्देशन दिए ।
शिक्षा विकास तथा समन्वय इकाई रुपन्देहीका इकाई प्रमुख उपसचिव जिल्ला स्तरीय परीक्षा समन्वय समितिका सदस्य सचिव माधव बन्जाडेले समग्र परीक्षा संचालन सम्बन्धमा सहजीकरण गरेका थिए ।
साउन २६ र २७ गते दुइ दिन संचालन हुने परीक्षामा रुपन्देही जिल्लाका २२५ वटा विद्यालयका तीन हजार एक सय उन्चालिस परीक्षार्थीहरुलाई सहजताको लागि दश वटा परीक्षा केन्द्रहरु कायम गरिएको छ ।
उक्त कार्यक्रम जिल्ला स्तरीय परीक्षा समन्वय समिति रुपन्देहीका अध्यक्ष एवं रुपन्देहीका प्रमुख जिल्ला अधिकारी भारतमणी पाण्डेयको अध्यक्षता र शाखा अधिकृत विष्णु प्रसाद बेल्वासेको संचालनमा सम्पन्न भएको थियो ।
उक्त परीक्षा समयमा विद्युत कटौती नगरी दिनको लागि नेपाल विद्युत प्राधिकरणलाई शिक्षा विकास तथा समन्वय इकाई रुपन्देहीले अनुरोध गरेको नवीन औद्योगिक कदर बहादुर रीता मा.वि. का प्रधानाध्यापक प्रेम बहादुर बस्नेतले बताए।