२०८१ श्रावण १२

उद्योग संघमा घरेलुको टोलीद्वारा उद्योग नविकरण
  • लुम्बिनी खोज
  • २०८० श्रावण २६, शुक्रबार ०९:४५ गते

बुटवल २६ साउन ।
रुपन्देही उद्योग संघको पहलमा घरेलु तथा साना उद्योग कार्यालय रुपन्देहीको टोलीले शुक्रबार रुपन्देहीमा दर्ता भएका विभिन्न प्रकृतिका ८७ उद्योगहरुको नविकरण सम्पन्न गरेको छ ।
रुपन्देहीमा दर्ता भई संचालन हुँदै आएका उद्योगहरुलाई नविकरण सहजता लागि संघले उद्योग नविकरण टोली बोलाई सो सुविधा उपलब्ध गराएको हो । शुक्रबार बिहान १० बजेदेखि नै शुरु भएको नविकरणको प्रक्रिया दिनभर उत्साहजनक चलेको थियो । बुटवलमै उद्योग नविकरण गर्न पाउँदा उद्योगीहरुले संघलाई धन्यवाद दिए । उद्योगीहरुलाई नविकरण सेवा सहज वातावरणमा प्रदान गरेकोमा घरेलु तथा साना उद्योग कार्यालय रुपन्देहीलाई संघले विशेष आभार प्रकट गरेको थियो ।
घरेलु तथा साना उद्योग कार्यालयबाट आएको उद्योग अधिकृत नेत्र प्रसाद भुसालको नेतृत्वको टोलीमा अधिकृत राजीव अर्याल, कम्प्युटर अपरेटर हेमन्त चौधरी र सहायक भरत चौधरीको सहभागीता थियो ।
त्यसैगरीे नविकरण शुल्क अनिवार्य बैंक जम्मा गर्नुपर्ने भएको हुँदा उद्योगीलाई सहजताको लागि कृषि विकास बैंक बुटवल शाखाले संघको अनुरोधमा संघको सचिवालयसम्म आई बैंक सेवा दिएकोमा संघले हार्दिक धन्यवाद ज्ञापन गरेको थियो । टोलीमा बुटवल शाखा प्रमुख बाबुराम क्षेत्री, शाखा अधिकृत जनक प्रसाद ज्ञवाली, कार्यालय सहायक नविन सुवेदीले सेवा प्रदान गरेका थिए ।