२०८१ श्रावण १२

सुन प्रकरणमा व्यापारी रोहन अडुकिया पक्राउ
  • लुम्बिनी खोज
  • २०८० श्रावण २६, शुक्रबार १०:०६ गते

काठमाडौं, २६ साउन ।
सय किलो सुन तस्करी प्रकरणमा संलग्न रहेको आशंका गरिएका रोहन अडुकिया पक्राउ परेका छन्।
आजै भारतबाट फर्किएका उनलाई अध्यागमन विभागले त्रिभुवन विमानस्थलबाट पक्राउ गरेको स्रोतले जनाएको छ। उनी व्यवसायी राकेश अडुकियाका छोरा हुन्।

उनलाई राजस्व अनुसन्धान विभागमा बुझाएको अध्यागमन स्रोतले जनाएको छ। राजस्व अनुसन्धान विभागले रोहनलाई कालोसूचीमा राख्न अध्यागमन विभागलाई भनेको थियो।
केही दिनअघि सुन प्रकरणमा व्यापारी राकेश अडुकियाको घरमा छापा मारेको थियो। योसँगै सुन प्रकरणमा पक्राउ पर्नेको संख्या २१ पुगेको छ। तीमध्ये १ जना धरौटीमा छुटिसकेका छन्।