२०८१ श्रावण १२

शैक्षिक सरोकारवालाहरूको छलफल, शिक्षा ऐनलाई परिमार्जन गर्ने राज्यमन्त्रीको प्रतिबद्धता
  • लुम्बिनी खोज
  • २०८० श्रावण २७, शनिबार १३:१५ गते

भैरहवा २७ साउन ।
शिक्षा विकास तथा समन्वय इकाई रुपन्देहीको आयोजनामा शैक्षिक सरोकारवालाहरूको छलफल शनिबार भैरहवामा सम्पन्न भएको छ ।
उक्त अवसरमा शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयको राज्यमन्त्री प्रमिला कुमारीले सबै सरोकारवालाहरुलाई समेटेर देश, शिक्षक र विद्यार्थीको हितमा प्रस्तावित शिक्षा एेनलाई परिमार्जन गरेर जारी गर्ने प्रतिबद्धता व्यक्त गरिन।
शिक्षा तालिम केन्द्रका प्रमुख टिकाराम अर्यालले लुम्बिनी प्रदेश सरकारले लुम्बिनी प्राविधिक विश्वविद्यालय स्थापना गरेको लुम्बिनी बौद्ध विश्वविद्यालयको बिएएलएलबी संचालन ,पद्मोदय मावि दाङमा विज्ञान सङ्काय सञ्चालन लाई प्राथमिकताका साथ सहयोग गरेको धारणा राखे ।
शिक्षा विकास तथा समन्वय इकाई रुपन्देहीका इकाई प्रमुख माधव बन्जाडेले रुपन्देहीमा ९७० वटा विद्यालयहरु रहेको र कक्षा १२ सम्म दुई लाख एकाउन्न हजार पाँच सय सत्ताईस विद्यार्थीहरु अध्ययनरत रहेकोलगायत रुपन्देही जिल्लाको समग्र शैक्षिक गतिबिधिहरु जानकारी गराएका थिए।
शिक्षा विकास तथा समन्वय इकाई कपिलवस्तुका इकाई प्रमुख थानेश्वर घिमिरे, सिद्धार्थ नगरपालिकाका शिक्षा अधिकारी चेतनशील लम्साल, मायादेवी गाउँपालिकाका शिक्षा अधिकारी नारायण लामिछाने, नेपाल शिक्षक महासङ्घका लुम्बिनी प्रदेश उपाध्यक्ष कुल प्रसाद लामिछाने, नवीन औद्योगिक कदर बहादुर रीता माध्यमिक विद्यालयका प्रधानाध्यापक प्रेमबहादुर बस्नेत, नेपाल राष्ट्रिय शिक्षक संगठन संघीय परिषद सदस्य मोतीलाल सुवेदी, अखिल नेपाल शिक्षक संगठनका उपाध्यक्ष गुणाखर भट्टराई, नेपाल शिक्षक संघ रुपन्देहीका अध्यक्ष रुपकुमार रायमाझी, प्याब्सनका केन्द्रीय उपाध्यक्ष बिष्णु पन्थी, प्याब्सन रुपन्देहीका अध्यक्ष अनन्त शर्मा, पब्लिक नमुना मावि छपियाका प्रधानाध्यापक डिलाराम खनाल, शिक्षक नेता सदर आलमलगायतले सरोकारवालाहरुको तर्फबाट धारणा व्यक्त गरेका थिए।
शिक्षा विकास तथा समन्वय इकाई रुपन्देहीका इकाई प्रमुख माधव बन्जाडेको अध्यक्षतामा, शाखा अधिकृत धनिश्वर पन्थीको सञ्चालनमा कार्यक्रम सम्पन्न भएको थियो ।