२०८१ श्रावण १२

खोलाकिनारमा शौचालय गएका वृद्ध बेपत्ता
  • लुम्बिनी खोज
  • २०८० श्रावण २८, आईतवार १०:५६ गते

दाङ २८ साउन ।
दाङमा खोलाले बगाउँदा एक जना वृद्ध बेपत्ता भएका छन् । घोराही बेलझुण्डी नजिकैको पत्रे खोलाले घोराही उपमहानगरपालिका११ स्थित झमरेका ६४ वर्षीय तिलकराम विकलाई बगाउँदा बेपत्ता भएका हुन् । खोलाको किनारामा शौचालय गएका विक बेपत्ता भएका हुन्।

उनी आइतबार बिहान साढे ८ बजेतिर पत्रे खोलाकिनारमा शौचालय गएका थिए। सधैँ खोलाको किनारमा शौचालय गर्ने गरेका विक आज भने नफर्केपछि खोजीकार्य भएको छ।

जिल्ला प्रहरी कार्यालय दाङका अनुसार उनको छाता, चस्मा र लठ्ठी भने खोलाको किनारामा भेटिएको छ। उनको खोजीका लागि प्रहरीको टोली परिचालन गरिएको छ।