२०८१ श्रावण १२

जोखिँदै छ सय किलो सुन
  • लुम्बिनी खोज
  • २०८० श्रावण २९, सोमबार ०८:५७ गते

काठमाण्डौं २९ साउन ।
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट बरामद करिब सय केजी सुन राष्ट्र बैंकको टक्सार महाशाखाले जोख्ने तयारी गरेको छ। केन्द्रीय अनुसन्धान ब्यूरो सीआईबीले सुन जोख्नका लागि आग्रह गर्दै लेखेको पत्र महाशाखामा प्राप्त भएकोले सुन जोख्ने प्रक्रिया सुरु भएको बताइएको छ ।अहिले ब्रेकसुबाट सुन निकाल्ने काम भइरहेको छ।

गत २ साउनमा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट बरामद भएको करिब सय केजी सुन आज राष्ट्र बैंकले तौलिने भएको हो। विमानस्थलको भन्सारसमेत जाँचपास भएर बाहिरिएको करिब सय केजी सुन राजस्व अनुसन्धान विभागले ट्याक्सीबाट बरामद गरेको थियो।
राजश्व अनुसन्धान विभागले तीन साउनमा सिनामंगलबाट सुनसहितको १५५ किलो ‘ब्रेक शु’ बरामद गरेको थियो । मोटरसाइकल र स्कुरको ब्रेक शुभित्र लुकाएर सुन ल्याएको पाइएको थियो । त्यसबेला ब्रेक शुसहितको तौल लिइएको थियो ।

सीआईबी, राजश्व, नेपाल राष्ट्र बैंक र टक्सार कार्यालयका प्रतिनिधिको रोहबरमा सुन गाल्ने र जोख्ने काम अगाडी बढाइएको छ ।