२०८१ श्रावण १२

नेप्सेमा सामान्य गिरावट
  • लुम्बिनी खोज
  • २०८० श्रावण २९, सोमबार १०:४४ गते

बुटवल २९ साउन ।
पछिल्ला तीन कारोबार दिन निरन्तर उकालो लागेको नेप्से, सोमबार भने सामान्य अंक घटेर बन्द भएको छ। साताको दोस्रो कारोबार दिन नेप्से परिसूचक ३.६१ अंक घटेर २०७७.२४ विन्दुमा पुगेको छ। त्यसैगरी, यस दिन फ्लोट इण्डेक्स ०.२७ अंक घटेको छ भने सेन्सेटिभ फ्लोट इण्डेक्स ०.०६ अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स ०.१३ अंक बढेको छ।
आइतबार दोहोरो अंकले बढेको सेयर बजार परिसूचक सोमबार घटेको हो । आज फाइनान्स, होटेल, जलविद्युत्, लगानी, बिमा अन्य र व्यापार समूहको सेयर सामान्य ओरालो लागेको छ भने अरू समूहको सेयर सामान्य रूपमा बढेको छ।

यस दिन ५४ लाख १७ हजार कित्ता सेयर किनबेच हुँदा दुई अर्ब नौ करोड १३ लाख रुपैयाँबराबरको कारोबार भएको छ। आज सबैभन्दा धेरै आइएमई लाइफ इन्सुरेन्सको ११ करोड २४ लाख रुपैयाँको सेयर किनबेच भएको छ।
समग्रमा बजार घटे पनि आज सबैभन्दा धेरै थ्री स्टार हाइड्रोपावर कम्पनी र अपर सांगे जलविद्युत् कम्पनीको सेयरमा सकारात्मक सर्किट लागेको छ।