२०८१ श्रावण १२

नवीनमा विज्ञान समूहका विद्यार्थीहरुलाई उत्प्रेरणा कक्षा
  • लुम्बिनी खोज
  • २०८० श्रावण २९, सोमबार १२:५१ गते

बुटवल २९ साउन ।
नवीन औद्योगिक कदर बहादुर रीता मा.वि. देवीनगरमा विज्ञान समूहमा अध्ययनरत विद्यार्थीहरुलाई प्रभावकारी सिकाइका लागि उत्प्रेरणा कक्षा सोमवार दिइएको छ ।
उक्त अवशरमा राष्ट्रिय तथा अन्तराष्ट्रिय मोटिभेसनल ट्रेनर लाल प्रसाद अर्यालले सहजीकरण गरेका थिए । अर्याल नेपाल टेलिकमका तालिम प्रशिक्षक त्रिभुवन विश्व विद्यालय अन्तरगत ११ हजार विद्यार्थीहरु अध्ययन गर्ने नेपालकै दोस्रो आंगिक क्याम्पस शंकर देव क्याम्पसका उप प्राध्यापक हालसम्म व्यवस्थापन तथा तालिमसंग सम्बन्धित ४२ वटा पुस्तकहरु प्रकाशित गरेका प्रखर एवं बौद्विक व्यक्तित्वका रुपमा परिचित छन् ।
उक्त उत्प्रेरणात्मक कक्षामा विद्यालयका प्रधानाध्यापक प्रेम बहादुर बस्नेत, भिजिटिङ प्रोफेसर खगराज घिमिरे, विज्ञान समूह इन्चार्ज लक्ष्मी नारायण चौधरी, भौतिक शास्त्रका संयोजक बाबुराम पौडेल, जीव विज्ञानका संयोजक रोशन तिवारी, रसायन शास्त्रका संयोजक जनार्दन पौडेललगायतको सहभागिता रहेको थियो । कार्यक्रममा विज्ञान समूह कक्षा १२ का विद्यार्थीहरु धन्यवाद चौधरी र अंकित पराजुली र कक्षा ११ का विद्यार्थीहरु युवराज चौधरी र प्रेम सागर चौधरीले सहभागीका तर्फबाट धारणा राखेका थिए । कार्यक्रममा विज्ञान समूह कक्षा ११र १२ का ४ सय विद्यार्थीहरुको सहभागिता रहेको थियो ।