२०८१ श्रावण १२

सेयर बजारमा दोहोरो अंकको गिरावट
  • लुम्बिनी खोज
  • २०८० श्रावण ३०, मंगलवार १०:१८ गते

काठमाडौं ३० साउन।
साताको तेस्रो कारोबार दिन मंगलबार सेयर बजारमा दोहोरो अंकको गिरावट आएको छ ।
मंगलबार ३१.८० अंकले घटेको बजार २०४५.४४ विन्दुमा आएको छ । आज २० कम्पनीको सेयर मूल्य बढ्दा दुई सय एक कम्पनीको सेयर मूल्यमा गिरावट आएको छ। त्यसैगरी, ५६ लाख तीन हजार कित्ता सेयर किनबेच हुँदा दुई अर्ब १५ करोड ७३ लाख रुपैयाँबराबरको कारोबार भएको छ।
कारोबारमा आएका १३ मध्ये म्युचल फन्ड समूहबाहेक सबै समूहको मूल्यमा गिरावट आएको छ। आज म्युचल फन्ड ४.२८ प्रतिशतले बढेको छ।
म्यूचअल फण्डबाहेक सबै उपसूचक घटेको छ । यसमध्ये सबैभन्दा धेरै उत्पादन तथा प्रशोधन उपसूचकका लगानीकर्ताले ४.२६ प्रतिशतले गुमाएका छन् ।