२०८१ श्रावण १२

अनौपचारिक क्षेत्रका श्रमिकहरू सामाजिक सुरक्षा कोषमा आबद्ध गराउने प्रधानमन्त्री प्रचण्डको प्रतिबद्धता
  • लुम्बिनी खोज
  • २०८० श्रावण ३१, बुधबार ०८:४९ गते

काठमाडौँ,३१ साउन ।
अनौपचारिक क्षेत्र र स्वरोजगारका रुपमा कार्यरत श्रमिकलाई योगदानमा आधारित सामाजिक सुरक्षा योजनाको बुधबार शुभारम्भ भएको छ ।
सामाजिक सुरक्षा कोषले  आयोजना गरेको कार्यक्रमको प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले शुभारम्भ गरेका हुन । कार्यक्रममा रोजगारदाता र श्रमिक सङ्गठनका प्रतिनिधि सहभागी थिए ।

कार्यक्रममा बोल्दै प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले अनौपचारिक क्षेत्रका करिब ४०–५० लाख श्रमिकहरू सामाजिक सुरक्षा कोषमा आबद्ध गराउने प्रतिबद्धता जनाएका छन ।
सामाजिक सुरक्षा कोष शुभारम्भ कार्यक्रममा बोल्दै प्रधानमन्त्री प्रचण्डले श्रमिकहरूले श्रम गर्न नसकेको अवस्थामा रित्तै हात नपठाउनका लागि सामाजिक सुरक्षा कोष योजना लागु गरिएको बताए ।
‘अनौपचारिक क्षेत्रका करिब ४० देखि ५० लाख श्रमिकलाई क्रमशः सामाजिक कोषमा आबद्ध गराउँदै जाने योजना सरकारको छ । सरकारी श्रमिकदेखि अनौपचारिक क्षेत्रका श्रमिकहरूसम्म पुग्ने लक्ष्य सरकारले राखेको छ ।’

सामाजिक सुरक्षा कोषमा आबद्ध गराउने कामको साक्षी बस्न पाउने इतिहासमै पहिलो प्रधानमन्त्री बन्न पाएकोमा उनले खुसी व्यक्त गरे । उनले अहिलेसम्म तीन लाख अनौपचारिक र स्वरोजगार रहेका व्यक्तिले सामाजिक सुरक्षा कोषमा आबद्ध भएको जानकारी बताए ।