२०८१ श्रावण १२

चितवनमा एकसाथ आठ सवारीसाधन दुर्घटना, २० जना घाइते
  • लुम्बिनी खोज
  • २०८० श्रावण ३१, बुधबार ०९:०८ गते

चितवन ,३१ साउन ।
पूर्व–पश्चिम राजमार्गअन्तर्गत चितवनको टिकौली जंगलमा एकसाथ आठवटा सवारीसाधन दुर्घटनामा परेका छन ।
शव बोकेर देवघाट आउँदै गरेको ना।२च ८४४६ नम्बरको बोलेरो र विपरीत दिशातिर जाँदै गरेको गैँडाकोटको अक्सफोर्ड कलेजको ना।१क ६१३१ नम्बरको बस एक–आपसमा ठोक्किएका थिए । त्यससंगै एकसाथ मोटरसाइकल र स्कुटर ८ वटा सवारी साधन एक(अर्कासँग ठोक्किँदा २० जना घाइते भएका छन
सबै सवारी साधनहरू एक आपसमा ठक्कर खाँदा २० जना घाइते भएको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ । प्रहरीका अनुसार घाइतेमध्ये ७ जनाको अवस्था गम्भीर छ । उनीहरूको भरतपुर अस्पतालमा उपचार भइरहेको छ।
अन्य घाइते ५ जनाको भरतपुर अस्पताल, ७ जनाको पुरानो मेडिकल कलेजमा र एक जनाको नयाँ मेडिकल कलेजमा उपचार भइरहेको छ ।

दुर्घटनामा परेका सम्पूर्ण सवारीसाधन घटनास्थलमै छन् । सवारीचालक प्रहरीको नियन्त्रणमा छन्।