२०८१ श्रावण १२

नेप्से २० अंकले घट्दा कारोबार १ अर्ब ६७ करोड
  • लुम्बिनी खोज
  • २०८० श्रावण ३१, बुधबार १०:५७ गते

काठमाडौँ ३१ साउन।
सेयर बजार परिसूचक नेप्से बुधबार २०.३१ अंकले घटेको छ । अघिल्लो दिन करिब ३२ अंकले घटेर २ हजार ४५ अंकको विन्दुमा झरेको नेप्से सूचक बुधवार थप २०.३१ अंकले घट्दै २ हजार २५.१२ अंकको विन्दुमा झरेको हो ।

यस्तै आज कारोबार १ अर्ब ६७ करोड ९९ लाख रुपैयाँमा झरेको नेपाल स्टक एक्सचेन्जले जनाएको छ । अघिल्लो दिन २ अर्ब माथिको कारोबार भएको थियो ।