२०८१ श्रावण १२

होटल ब्यवस्थापन तथा पुनर्ताजगी तालिमको समापन
  • लुम्बिनी खोज
  • २०८० श्रावण ३२, बिहीबार १२:४४ गते

बुटवल ३२ साउन ।
रुपन्देही उद्योग संघ र इन्स्योर परियोजनाको आर्थिक सहयोगमा बुटवल क्षेत्रका होटल तथा रेष्टुरेन्ट व्यवसायमा कार्यरत पेशाकर्मीहरुको सीप अभिवृद्धिका लागि होटल तथा रेष्टुरेन्ट व्यावसायी संघ रुपन्देहीको समन्वय र आस्थम् बुटवलको संचालनमा ५ दिवसीय होटल मेनेजमेन्ट पुनर्ताजगी तालिमकोे विहीवार एक कार्यक्रमका वीच समापन गरिएको छ ।
होटल तथा रेष्टुरेन्ट व्यावसायी संघ रुपन्देहीका अध्यक्ष लेखनाथ भण्डारीको अध्यक्षता र रुपन्देही उद्योग संघका अध्यक्ष माधब प्रसाद पौडेलको प्रमुख आतिथ्यतामा भएको सो कार्यक्रममा तालिमका प्रशिक्षार्थीहरुलाई प्रमाण पत्र वितरण गरिएको थियो ।
कार्यक्रममा बोल्दै रुपन्देही उद्योग संघका अध्यक्ष माधब प्रसाद पौडेलले रुपन्देही उद्योग संघले उद्योग तथा व्यवसायमा कार्यरत पेशाकर्मीहरुको प्राविधिक दक्षता अभिवृद्धि गर्न र गुणस्तरीय सेवा प्रवाह गर्ने उद्देश्यले यस्ता तालिमको आयोजना गरिएको र यस्ता तालिमले उत्पादक र व्यवसाय बृद्धिमा सहयोग पु¥याउने बताए । होटल तथा रेष्टुरेन्ट व्यावसायी संघका अध्यक्ष लेखनाथ भण्डारीले सिपयूक्त प्राविधिक सीप विकास गरी स्वरोजगार बनाउने कार्यलाई सहजीकरण गर्न टेवा पु¥याउन सहयोगीको भूमिका निर्वाह गरी तालिमका लागि आर्थिक सहयोग गर्ने रुपन्देही उद्योग संघ, सिप बिकास इकाई र इन्स्योर परियोजनालाई धन्यवाद ज्ञापन गरे ।
तालिमको समापनको अवसरमा होटल तथा रेष्टुरेन्ट व्यवसायी संघ रुपन्देहीका वरिष्ठ उपाध्यक्ष गोविन्द खनालले तालिमको सिकाई स्तर प्रभावकारी भएको बताउँदै दक्ष जनशक्तिका लागि यस्ता सिप विकासका तालिमको महत्वपूर्ण योगदान रहेको बताए ।
होटल व्यवस्थापन पुनर्ताजगी तालिमको समापनको अवसरमा तालिम प्रदायक संस्था आस्थम्का प्रवन्धक निर्देशक जी.एस.गुरुङ्गले व्यवसायमा दक्ष जनशक्तिका लागि यस्ता सिप विकासका तालिमको महत्वपूर्ण योगदान रहेको वताउदै,रुपन्देही उद्योग संघले होटल व्यवसायमा रहेको जनशक्तिको क्षमता अभिवृद्धिका लागि गरेको योगदानको प्रशंसा गरे ।
तालिमको समापन कार्यक्रमको व्यवस्थापन तथा सहजीकरण रुपन्देही उद्योग संघका कार्यक्रम संयोजक खिमानन्द रिजालले गरेका थिए । स्वागत मन्तव्य होटल तथा रेष्टरेण्ट व्यवसायी संघका शिक्षा तथा तालिम संयोजक माधव ढकालले र संचालन संघका महासचिव अर्जृुन थापाले गरेका थिए ।