२०८१ श्रावण १२

नेप्से ८.०१ अंकले बढ्यो
  • लुम्बिनी खोज
  • २०८० श्रावण ३२, बिहीबार १२:५४ गते

बुटवल ३२ साउन ।
साताको अन्तिम कारोबार दिन बिहीबार सेयर बजार परिसूचक नेप्से ८.०१ अंकले बढेर २०३३.१३ विन्दुमा पुगेको छ।

सोमबारदेखि लगातार ३ दिन घटेको नेपसे बिहिबार ८.०१ अंकले वृद्धि भएर २०३३.१३ को बिन्दुमा बन्द भएको छ । बिहीबार म्यचुअल फण्ड बाहेक सबै उपसूचकमा वृद्धि भएको छ ।

नेप्सेमा सामान्य वृद्धि भए पनि कारोबार रकम घटेर डेढ अर्बमा झरेको छ । पछिल्लो केही दिन यता लगातार २ अर्ब माथिको कारोबार भएको बजारमा बुधबार १ अर्ब ६७ करोडमा झरेको थियो । बिहीबार कारोबार रकम अझै घटेर १ अर्ब ५४ करोड रुपैयाँमा सिमित भएको छ ।

आज ४० लाख नौ हजार कित्ता सेयर किनबेच हुँदा एक अर्ब ५४ करोड १३ लाख रुपैयाँबराबरको कारोबार भएको हो। आज सबैभन्दा धेरै सोल्टी होटेलको १३ करोड ७१ लाख रुपैयाँको सेयर किनबेच भएको छ।