२०८१ श्रावण १२

नेप्सेमा झण्डै २२ अंकको गिरावट
  • लुम्बिनी खोज
  • २०८० भाद्र ३, आईतवार १२:३२ गते

बुटवल ३ भदौ ।
साताको पहिलो कारोबार दिन आइतबार सेयर बजार नेप्से सूचक २२ अंकले घट्न पुगेको छ । आज सेयर बजारका सबै सूचकमा गिरावट आएको छ। आज नेप्से २१.९९ अंकले घटेर दुई हजार ११.१४ बिन्दुमा कायम भएको छ। नेप्से १.०८ प्रतिशतले घटेको हो।

आज दुई सय ६९ कम्पनीका ४४ लाख ५९ हजार कित्ता सेयर खरिद–बिक्री हुँदा एक अर्ब ४४ करोड ७४ लाख रुपैयाँबराबरको कारोबार भएको छ। कारोबार रकममा सामान्य गिरावट आएको हो। यसअघिको कारोबार दिनमा एक अर्ब ५१ करोडबराबरको सेयर कारोबार भएको थियो।आइतबार नेप्सेमा कुल २२७ सूचीकृत कम्पनीको सेयर कारोबारमा आएका छन् । जसमध्ये १९० कम्पनीको सेयरमूल्यमा गिरावट हुँदा २९ कम्पनीको सेयरमूल्यमा वृद्धि भएको छ ।