२०८१ श्रावण १२

सर्वोच्चका प्रस्तावित प्रधानन्यायाधीश श्रेष्ठको संसदीय सुनुवाइ भोलि
  • लुम्बिनी खोज
  • २०८० भाद्र ३, आईतवार १३:२४ गते

 

काठमाडौँ ३ भदौ ।
प्रस्तावित प्रधानन्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठको संसदीय सुनुवाइ सोमबार (भोलि) देखि सुरु हुने भएको छ ।​ आइतबार सिंहदरबारमा बसेको संसदीय सुनुवाइ समितिको बैठकले प्रस्तावित प्रधानन्यायाधीश श्रेष्ठलाई संसदीय सुनुवाइका लागि सोमबार बिहान साढे ११ बजे बोलाउने निर्णय गरेको हो ।

सोमबार बिहान साढे १० बजे उजुरीकर्तासँग छलफल गर्ने र त्यसलगत्तै प्रस्तावित प्रधानन्यायाधीश श्रेष्ठको पनि सुनुवाइ गर्ने समितिका सदस्यले जानकारी दिएका छन । प्रस्तावित प्रधानन्यायाधीश श्रेष्ठविरुद्ध ३ वटा उजुरी परेका छन् ।

प्रधानन्यायाधीश हरिकृष्ण कार्कीले उमेरहदका कारण गत साउन २० गते अवकाश पाएपछि संवैधानिक परिषद्ले सर्वोच्च अदालतका वरिष्ठ न्यायाधीश श्रेष्ठलाई प्रधानन्यायाधीशका लागि सिफारिस गरेको थियो । संसदीय सुनवाइ समितिले प्रस्तावित प्रधानन्यायाधीशको नाम अनुमोदन गरेपछि राष्ट्रपतिले नियुक्त गर्ने संवैधानिक व्यवस्था छ ।