२०८१ श्रावण १२

समाजवादी मोर्चाले सातै प्रदेशमा घोषणा सभाहरू गर्ने
  • लुम्बिनी खोज
  • २०८० भाद्र ४, सोमबार ०७:०९ गते

काठमाडौ,४ भदौ ।

समाजवादी मोर्चा नेपालले सातै प्रदेशमा प्रदेश स्तरीय घोषणा सभाहरू गर्ने निर्णय गरेको छ । नेकपा एकीकृत समाजवादीको मुख्यालयमा बसेको मोर्चाको तेस्रो बैठकले सो निर्णय गरेको हो ।

एकीकृत समाजवादीको केन्द्रीय कार्यालय आलोकनगरमा बिहान बसेको बैठकले ८ भदौदेखि २५ भदौसम्म प्रदेशस्तरीय सभा गर्ने निर्णय गरेको छ ।जसअन्तर्गत ८ भदौमा वीरगन्ज, १२ भदौमा बुटवल, १३ भदौमा धनगढी, १४ भदौमा सुर्खेत, १५ भदौमा पोखरा, २३ भदौमा हेटौँडा र २५ भदौमा विराटनगरमा आमसभाको आयोजना गर्ने निर्णय गरेको हो ।

नेताहरूको कार्यव्यस्तताका कारण आइतबार साँझ बोलाइएको बैठक स्थगित गरी सोमबार बिहान बसेको हो । आलोपालो नेतृत्व गर्ने सहमतिअनुसार मोर्चाको नेतृत्व हाल एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले गरिरहेका छन् ।

माओवादी, एकीकृत समाजवादी, जसपा र नेकपाको मोर्चा गत ४ असारमा बनेयता हालसम्म दुईवटा मात्रै बैठक बसेको छ । २३ असारमा बसेको पहिलो बैठकले संयोजनको जिम्मा एकीकृत समाजवादीका अध्यक्ष नेपाललाई दिएको थियो ।

३० असारमा बसेको दोस्रो बैठकले चार–चार महिनामा मोर्चाको नेतृत्व परिवर्तन गर्ने र साउनभित्र सातै प्रदेशमा सन्देश सभा गर्ने निर्णय गरेको थियो । मोर्चामा सत्तारूढ नेकपा (माओवादी केन्द्र), जनता समाजवादी पार्टी, नेपाल, नेकपा (एकीकृत समाजवादी) र नेत्रविक्रम चन्द नेतृत्वको नेकपा सहभागी छन् ।