२०८१ श्रावण १२

नेप्सेमा दोहोरो अंकको गिरावट, २ हजार बिन्दुभन्दा तल झर्‍यो नेप्से
  • लुम्बिनी खोज
  • २०८० भाद्र ४, सोमबार ११:०२ गते

काठमाडौं ४ भदौ।
साताको दोस्रो कारोबार दिन नेप्से परिसूचक घटेर बन्द भएको छ। सोमबार सेयर बजार परिसूचक नेप्सेमा दोहोरो अंकको गिरावट हुँदा २ हजारको विन्दुबाट तल झरेको छ । साताको दोस्रो कारोबार दिन सोमबार नेप्से १२.९३ अंकले गिरावट हुँदा १९९८.२८ को विन्दुमा बन्द भएको छ ।

नेप्से २ महिनापछि २ हजारको विन्दुबाट तल झरेको हो । यसअघि २९ जेठमा १९८६.४४ को विन्दुमा बन्द भएको नेप्से ४ भदौ सोमबार २००० को विन्दुबाट तल झरेको छ ।
सोमबार नेप्सेसँगै सबै उपसूचकमा गिरावट भएको छ । नेप्सेसँगै कारोबार रकम पनि लगातार घट्दै गएको छ । सोमबार लगातार दोस्रो कारोबार दिन पनि कारोबार रकम डेढ अर्बबाट तल झरेको छ । २ अर्ब माथिको कारोबार भइरहेको बजारमा गत बुधबारदेखि कारोबार रकम १ अर्बमा झरेको छ । लगातार २ अर्ब माथिको कारोबार भएको बजारमा गत बुधबारदेखि कारोबार २ अर्बभन्दा तल झरेको थियो । सोमबार १ अर्ब ४० करोड ९० लाखमा झरेको छ । सोमबार नेप्सेमा कुल ३९ हजार ४२५ वटा कारोबारमा ४१ लाख ६३ हजार ८७२ कित्ता सुचिकृत धितोपत्र किनबेच हुँदा उक्त रकमको कारोबार भएको हो ।