२०८१ श्रावण १२

महिला टी-२० आई सिरिजमा नेपालको विजयी सुरुवात
  • लुम्बिनी खोज
  • २०८० भाद्र ५, मंगलवार १०:०७ गते

काठमाडौ,५ साउन ।

चार देश सम्मिलित महिला टी–ट्वान्टी आई सिरिजअन्तर्गत हङकङविरुद्धको पहिलो खेलमा नेपाल विजयी भएको छ।

नेपालले हङकङलाई ६ विकेटले पराजित गरेको हो। डेब्यू खेलमै नेपालकी पूजा महतोले उत्कृष्ट बलिङ र ब्याटिङ गरिन्। उनले हङकङविरुद्धको खेलमा १६ रन बनाउनुका साथै एक विकेट समेत लिइन्।

मलेसियाको राजधानी क्वालालम्पुरस्थित बायोमास ओभल क्रिकेट मैदानमा हङकङले नेपाललाई जितका लागि ८५ रनको लक्ष्य दिएको थियो। उक्त लक्ष्य नेपालले १५ दशमलव पाँच ओभरमा चार विकेटको क्षतिमा पूरा गर्‍यो।

नेपालका लागि सम्झनाकुमारी खड्काले अविजित ३६ रन बनाइन्। उनले ३६ बल खेल्ने क्रममा पाँच चौकासमेत हिर्कइइन्। यस्तै पूजा महतोले १६, कप्तान रुविना क्षेत्री बेलबासेले १० रनको योगदान दिइन्। हङकङले नेपालको खातामा १३ अतिरिक्त रन थपेको थियो।  यसअघि नेपाली टोलीकी कप्तान रुविना क्षेत्री बेलबासेले टस जितेर पहिला फिल्डिङ गर्ने निर्णय लिएकी थिइन्।

आयोजक मलेसियासहित नेपाल, हङकङ र कुवेतले महिला टी–ट्वान्टी आई सिरिज खेलिरहेका छन्। यही अगष्ट ३१ तारिखदेखि मलेसियामै हुने आइसिसी महिला टी–२० विश्वकप एसिया क्वालिफायरको तयारीस्वरुप नेपालले उक्त सिरिज खेलिरहेको छ।