२०८१ श्रावण १२

स्वार्थ समूह हाबी हुँदा कानुन बनाउन समस्या भयो : मन्त्री शर्मा
  • लुम्बिनी खोज
  • २०८० भाद्र ७, बिहीबार १०:३२ गते

काठमाडौं,७ भदौ ।

सञ्‍चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले सञ्चार मन्त्रालयमा स्वार्थ समूहको हाबी हुँदा कानून बनाउन समस्या भएको बताएकी छन् । काठमाडौंमा  एक कार्यक्रममा बोल्दै मन्त्री शर्माले सञ्चार मन्त्रालयमा धेरै स्वार्थ समूहहरु भएकाले कानून निर्माणमा समस्या भएको बताएकी हुन् ।

‘सञ्चार मन्त्रालयमा यति धेरै प्रकारका स्वार्थ समूहहरू हुँदा रहेछन् । एउटा कानुन बनाउन थाल्यो भने त्यो कानुनले कसैलाई छोइहाल्दो रहेछ । कसलाई छोयो भन्ने थाहा हुँदैन । त्यसको एउटा अंश झिकेर बनाउन लागेको कानुनलाई अपव्याख्या गरेर अर्कै ढंगले प्रहार हुन्छ,’ उनले भनिन्।

मन्त्री शर्माले सरकारले ल्याउन लागेको सूचनासम्बन्धी विधेयकमा सामाजिक सञ्जालसम्बन्धी ऐन पनि समेटिएकाले ‘सबैको फोन ट्यापिङ भइसक्यो’ जसरी बाहिर हल्ला गरिएको भन्दै असन्तुष्टि व्यक्त गरिन्।

मन्त्री शर्माले सामाजिक सञ्जाल नियमन ऐनका विषयमा एक पटक स्टेक होल्डरहरुसँग बसेर छलफल गरेर मात्रै अगाडि बढाउने बताइन् । उनले मन्त्रालयले कानून बनाउन विभिन्न समस्या झेलिरहेको बताइन् । उनले मन्त्रालयले छुट्टाछुटै विषयमा विधेयक ल्याएर कानून बनाउने तयारी गर्न आवश्यक देखिएको बताइन् ।