२०८१ श्रावण १२

आइओईको शुल्क वृद्धिको निर्णय फिर्ता लिन सांसद पौडेलको माग
  • लुम्बिनी खोज
  • २०८० भाद्र ७, बिहीबार १०:४७ गते

  काठमाडौँ ७ भदौ ।

नेपाली कांग्रेसका सांसद प्रदीप पौडेलले इन्जिनियरिङ संस्थानको शुल्क वृद्धिको निर्णय तत्काल फिर्ता लिन सरकारसँग आग्रह गरेका छन् । बिहीबार प्रतिनिधिसभाको बैठको शून्य समयमा बोल्दै उनले यस्तो बताएका हुन् ।

‘त्रिभुवन विश्वविद्यालयको इन्जिनियरिङ अध्ययन संस्थान यतिबेला आन्दोलित छ,’ उनले भने, ‘त्यहाँ झण्डै २ सय प्रतिशत शुल्क वृद्धि गरिएको छ । इन्जिनियरिङ शिक्षामा गुणस्तरियता कायम गरेको र सामान्य जनाताको पहुँच हुने स्थितिमा सञ्चालन हुँदै आइरहेको इन्जिनियरिङ संस्थानमा जुन ढंगबाट शुल्क वृद्धि गरिएको छ । त्यो अस्वाभाविक छ । तत्काल शुल्क वृद्धिको निर्णयलाई फिर्ता लिएर विद्यार्थीहरूको मागलाई पूरा गरियोस् ।

उनले त्रिभुवन विश्वविद्यालयमा असाध्य भद्रगोल भएकाले यसका समस्या समाधान गर्न शिक्षा मन्त्रालय लाग्नुपर्ने समेत बताए ।