२०८१ श्रावण १२

ग्रिसमा नेपाली अपहरण गर्ने ४ जना पक्राउ
  • लुम्बिनी खोज
  • २०८० भाद्र ८, शुक्रबार १२:३६ गते

बुटवल ८ भदौ ।
ग्रिसमा नेपाली अपहरण गर्ने गिरोहमा संलग्न चारजना फिरौती रकमसहित नेपालमा नेपालमा पक्राउ परेका छन्।

ग्रिसमा तीनजना नेपालीलाई अपहरण गरी फिरौती रकम लिने चारजनालाई पक्राउ गरी नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी)ले अनुसन्धान अघि बढाएको छ।

सिआइबीले २१ लाख ७५ हजार रुपैयाँसहित काठमाडौंको गौरीघाटबाट धनकुटाका शिवराज कुँवर, काठमाडौंका रामेश्वर अर्याल, कपिलवस्तुका प्रकाश बेल्वासे र पर्वतका दिलबहादुर थापालाई पक्राउ गरेको हो।
सिआइबीका अनुसार उनीहरूले मोरङको रंगेलीकी सावित्रा थापा, उदयपुरका तिलकबहादुर कार्की र काभ्रेका राजन छन्त्याललाई सर्बियाबाट ग्रिस जाने क्रममा सीमा क्षेत्रबाट अपहरण गरेको थिए। उनीहरु एक साथ नेपालबाट सिजनल भिषामा बैदेशिक रोजगारको सिलसिलामा गत जेठ १२ गते सर्बिया गएका थिए ।

ग्रिस प्रवेशका क्रममा तीनजनालाई हिन्दी भाषा बोल्ने दुईजनाले अपहरण गरेर डोरीले बाँधी शारीरिक र मानसिक यातना दिएर १५ हजार युरो फिरौती माग गरेका थिए।

अपहरणकारीकै समूहमा रहेका केही व्यक्तिले युएई र ग्रिसबाट ह्वाट्सएपमार्फत पीडितका परिवारसँग फिरौती मागेर काठमाडौंमा मान्छे खटाई रकम लिएको अनुसन्धानबाट खुलेको छ। सोही रकम लिनेलाई प्रहरीले पक्राउ गरेको छ। ग्रिस र सर्बियाको सीमाबाट अपहरणमा परेका तीनजनालाई उद्धार गरेको सिआइबीले जनाएको छ।
बैदेशिक रोजगारीको लागी बिदेश जादाँ नेपाल सरकारको श्रम स्वीकृती भएको देशहरूमा मात्र आवश्यक कानुनी प्रकिया पुरा गरी जान सिआइबीले अनुरोध गरेको छ । हालका दिनहरूमा यस्ता घटनाबाट धेरै नेपाली दाजुभाई दिदि वहिनीहरू पिडित भएको जानकारी गराउदै सिआइबीले गैर कानुनी रूपमा बिदेश जाँदा हुन जाने यस्ता घटनाको अनुसन्धान तथा उद्दार गर्न जटिल रहेको समेत सुचित गराएको छ ।