२०८१ श्रावण १२

नवीनका ११ का विद्यार्थीहरुलाई अन्तराष्ट्रिय सम्मेलन केन्द्रमा १२ को स्वागत
  • लुम्बिनी खोज
  • २०८० भाद्र ९, शनिबार १३:४३ गते

बुटवल ९ भदौ ।
नवीन औद्योगिक कदर बहादुर रीता मा.वि. देवीनगरमा कक्षा १२ मा अध्ययनरत विद्यार्थीहरुले कक्षा ११ मा नव आगन्तुक विद्यार्थीहरुलाई अन्तराष्ट्रिय सम्मेलन केन्द्र बुटवलमा शनिवार भब्य स्वागत गरेका छन् ।
कार्यक्रममा बोल्दै बुटवल उपमहानगरपालिकाका प्रमुख खेलराज पाण्डेयले बुटवलका सामुदायिक विद्यालयहरुले बुटवलले गर्व गर्ने कार्य गरेकोमा सराहना व्यक्त गर्दै बुटवल उपमहानगरपालिकाले बुटवलको शिक्षालाई पहिलो प्राथमिकतामा राखेकोले भौतिक पूर्वाधार विकासमा संघीय सरकार र प्रदेश सरकार समक्ष जोडदार माग गरेको धारणा राखे । विद्यालयहरुले पनि बुटवलको सरसफाई, हरियाली व्यवस्थापन र उज्यालो बुटवल बनाउने तर्फ सहयोग गर्न उनले आग्रह गरे ।
राष्ट्रिय परीक्षावोर्ड प्रदेश परीक्षा व्यवस्थापन कार्यालय बुटवलका कार्यालय प्रमुख रमाकान्त तिवारीले विद्यालयले कक्षा ११ र १२ सबै समूहमा अध्ययनरत ठुलो संख्यामा विद्यार्थीहरुलाई उपयुक्त व्यवस्थापन गरेर विद्यार्थीहरुको मन जितेर उत्कृष्ट नतिजा दिन सफल भएको भन्दैविद्यालय परिवार प्रति आभार व्यक्त गरे ।
उक्त अवशरमा विद्यालय व्यवस्थापन समितिका अध्यक्ष कृष्ण प्रसाद खरेल, वि.व्य.स. सदस्य भारत कुमार रसाली, राजेन्द्र ढकाल, विद्यालयका प्रधानध्यापक प्रेम बहादुर बस्नेत, सहायक प्रधानध्यापक अर्जुन खनाल, कानुन समूह इन्चार्ज अधिवक्ता लोक प्रसाद खरेल, सुस्मिता पुन, नवीन वाल क्लवका अध्यक्ष अमिशन थापा, विज्ञान समूहकी विद्यार्थी अंकिता पराजुली,स्नेहा भुसाललगायतले मन्तब्य व्यक्त गरेका थिए ।
कक्षा ११ का नव आगन्तुक विद्यार्थी स्वागत कार्यक्रमका संयोजक व्यवस्थापन समुहका विद्यार्थी अविजित पन्थीको अध्यक्षतामा बसन्ती ढकाल, धन्यवाद चौधरी, प्रकृति पाण्डेय र आयुषा नेपालीको संचालनमा सम्पन्न कार्यक्रममा मोडल डान्सर करिष्मा ढकाललगायत विभिन्न समुहगत विद्यार्थीहरुले रोचक साँस्कृतिक प्रस्तुति गरेका थिए ।
उक्त अवशरमा सिभित इन्जिनियरिङ तर्फ २०७९ मा कक्षा १२ को वोर्ड परीक्षामा ३.८३ जिपीए ल्याई नेपाल प्रथम हुन सफल सुस्मिता पुन र अर्का विद्यार्थी शिशिर ज्ञवालीलाई नगर प्रमुख खेलराज पाण्डेयले सम्मान गरे।
विद्यालयमा विज्ञान, सिभिल इन्जिनियरिङ, व्यवस्थापन, कानुन र शिक्षा समुहमा कक्षा ११ मा एक हजार छयासी र कक्षा १२ मा एक हजार एकहत्तर सहित चार हजार पाँच सय अठहत्तर विद्यार्थीहरु अध्ययनरत रहेका छन् ।