२०८१ श्रावण १२

१० वटा संसदीय समितिमा उम्मेदवारी दर्ता
  • लुम्बिनी खोज
  • २०८० भाद्र १०, आईतवार ११:१० गते

काठमाडौ,१० भदौ ।

१० वटा संसदीय समितिमा उम्मेदवारी दर्ता भएको छ। आज बेलुका ४ बजेसम्म उम्मेदवारी दर्ताको समय निर्धारण गरिएको छ। समितिको नेतृत्व चयनका लागि सोमबार निर्वाचन हुँदै छ।

उद्योग,  वाणिज्य तथा श्रम उपभोक्ता हित समितिको सभापतिमा अब्दुल खानको उम्मेदवारी परेको छ।  स्वास्थ्य तथा शिक्षा समितिको सभापतिमा भानुभक्त जोशीको उम्मेदवारी दर्ता भएको छ।

उद्योग, वाणिज्य तथा श्रम उपभोक्ता हित समितिकाे सभापतिमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)बाट गणेश पराजुलीले पनि उम्मेदवारी दिएका छन्। पराजुलीको प्रस्तावकमा डोलप्रसाद अर्याल र समर्थकमा असिम शाह छन्।

यस्तै, पूर्वाधार विकास समितिको सभापतिमा राप्रपाका दीपकबहादुर सिंहको उम्मेदवारी परेको छ। कानुन, न्याय तथा मानव अधिकारको सभापतिमा माओवादी केन्द्रकी विमला सुवेदीले उम्मेदवारी दर्ता गराएकी छिन्।

लेखा समितिको सभापतिमा एमालेका ऋषिकेश पोखरेल र महिला समितिको सभापतिमा पनि एमालेकै किरणकुमार साहको उम्मेदवारी  परेको छ।

राज्य व्यवस्था समितिको सभापतिमा कांग्रेसका रामहरि खतिवडा, अर्थ समितिको सभापतिमा कांग्रेसकै सन्तोष चालिसेको उम्मेदवारी परेको छ।

यस्तै, कृषि सहकारी तथा वातावरण समितिको सभापति आरजु राणाको उम्मेदवारी दर्ता भएको छ। अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिको सभापतिमा राजकिशोर यादवको उम्मेदवारी परेको छ।