२०८१ श्रावण १२

नेप्सेमा २०.५४ अंकको गिरावट
  • लुम्बिनी खोज
  • २०८० भाद्र १०, आईतवार १३:१८ गते

बुटवल २० भदौ ।
सेयर बजारमा साताको पहिलो कारोबार दिन आइतबार बजार परिसूचक नेप्से २०.५४ अंकले गिरावट भएको छ । नेप्से १९९३.३८ को विन्दुमा बन्द भएको छ । गत बिहीबार भन्दा १.०२ प्रतिशतले गिरावट भएको हो ।

गत साताको सोमबार २ महिनापछि २ हजारको विन्दुबाट तल झरेको नेप्से मंगलबार र बुधबार लगातार दुई कारोबार दिन बढेपनि बिहीबार पुनः घटेको थियो । आइतबार पनि लगातार घटेको नेप्से पुनः २ हजारको विन्दुबाट तल झरेको हो । ३८ लाख ९५ हजार कित्ता सेयर किनबेच हुँदा  एक अर्ब २६ करोड २७ लाख रुपैयाँबराबरको कारोबार भएको छ।