२०८१ श्रावण १२

प्रदेश प्रमुख र मुख्यमन्त्रीको आवास तयार
  • लुम्बिनी खोज
  • २०८० भाद्र १०, आईतवार १३:२९ गते

काठमाडौँ १० भदौ।
ललितपुरको भैंसेपाटीमा सातै प्रदेशका प्रदेश प्रमुख र मुख्यमन्त्रीको आवास तयार भएको छ। प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आइतबार एक कार्यक्रमबीच तयार भएका आवासीय भवनको उद्घाटन गरेका छन्।
उनले घरको साँचो सम्बन्धित प्रदेशका प्रदेश प्रमुख र मुख्यमन्त्रीलाई हस्तान्तरण समेत गरेका छन्।

प्रदेश प्रमुख र मुख्यमन्त्रीहरूका लागि भैेंसेपाटीमा प्रत्येक प्रदेशका लागि एउटा भवन तयार भएको छ । सो भवनमा प्रदेश प्रमुख र मुख्यमन्त्रीहरूका लागि छुट्टाछुट्टै ब्लक निर्माण गरिएको छ ।
ती भवन काठमाडौँ आउँदा मुख्यमन्त्री र प्रदेश प्रमुखले बस्नका लागि प्रयोग गर्नेछन् भने सम्पर्क कार्यालय समेत राख्ने जनाइएको छ । आवास भवन ८५ करोडको लागतमा निर्माण गरिएको जनाइएको छ ।

हाल २७ रोपनी १३ आना क्षेत्रफलमा मुख्यमन्त्री र प्रदेश प्रमुखको भवन तथा सम्पर्क कार्यालयहरु निर्माण गरिएको छ । जसअन्तर्गत १७ रोपनी ७ आनामा भवन, ५ रोपनीमा आन्तरिक सडक, ८ आनामा बगैंचा र पोखरी र ४ रोपनी १२ आनामा पार्किङ तथा हरियाली क्षेत्र रहेको छ ।