२०८१ श्रावण १२

नेप्से सामान्य अंकले बढ्यो, कारोबार रकम एक अर्बभन्दा कम
  • लुम्बिनी खोज
  • २०८० भाद्र ११, सोमबार १०:२२ गते

बुटवल,११ भदौ ।

साताको दोस्रो कारोबार दिन सेयर बजारमा सामान्य सुधार देखिएको छ। नेप्से ५.०९ विन्दुले बढेर एक हजार ९९८.४८ बिन्दुमा कायम भएको छ। आज सेन्सेटिभ इन्डेक्स ०.३८ प्रतिशतले बढेको छ।

यस दिन दुई सय ७९ कम्पनीका ३६ लाख ७० हजार कित्ता सेयर खरिद–बिक्री हुँदा ९८ करोड ८६ लाख २८ हजार रुपैयाँबराबरको कारोबार भएको छ। आज नेप्से बढे पनि कारोबार रकममा गिरावट आएको हो। यसअघि आइतबार एक अर्ब २३ करोडबराबरको सेयर किनबेच भएको थियो।